चुनावको मिति तोक्न माग गर्दै चक्काजाम
बिभिन्न कारण देखाउदै स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति तत्काल तोक्न माग गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार दुई घन्टा देशभरि सरकारी क्याम्पस अगाडि चक्काजाम गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति तोक्नुपर्ने माग गर्दै आफूहरुले बिहान नौ बजेदेखि दुईघन्टा सरकारी क्याम्पस अगाडि चक्काजाम गरेको नेविसंघ प्रवक्ता यूपि लामिछानेले जानकारी दिए ।
बिभिन्न माग राख्दै एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी निकट विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेपछि त्रिभुवन विश्वविद्यालयले जेठ २३ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनतको निर्वाचन स्थगित गरेको थियो ।