चराले कलेज जान दिएन विद्यार्थीलाई...(फोटोफिचर)
आफ्ना सन्तानको सबैलाई माया लाग्छ, चाहे त्यो मानिस होस् या कुनै पशुपन्छी । आफ्नो सन्तानलाई जोगाउन जुनसुकै आमाले जेसुकै गर्न सक्छिन् । यसैको उदाहरण दिएको छ, एक चराले ।
क्यानाडाको एक विश्वविद्यालय नजिकै एक चराले आफ्नो बासस्थान अर्थात् गुँड बनाएको छ । उक्त चराले आफ्नो गुँडमा अण्डा पारेको छ । यसले गर्दा उक्त विश्वविद्यालय जानका लागी त्यसतर्फ लागेका विद्यार्थीले हैरानी पारेको छ । विश्वविद्यालय जानका लागि हिडेका विद्यार्थीलाई चराले निकै दु:ख दिएको छ । अण्डा पारेको क्षेत्र नजिकै भएर कसैलाई पनि हिड्न दिएको छैन् उक्त चराले ।
उक्त गुँड नजिकै भएर हिड्न लागेका हरेक मानिसमाथी चराले झम्टिरहेको छ । अण्डा चोर्लान् या गुँड भत्काइदेलान् भन्ने डरले हुन सक्छ चराले निकै सताएको छ त्यहाँ नजिक भएर हिड्ने विद्यार्थी तथा सर्वसाधारणलाई ।
हेरौ उक्त तस्विरहरू...