बुहारी मन नपरे पछि बुहारी र ३ वर्षिया नातिनीलाई काटेर सेफ्टी ट्यांकीमा फालियो !! (भिडियोसहित)

जेठ १५ । बुहारी मन नपरे बुहारी र उनकी ३ वर्षिया छोरीको परिवारकै सम्पूर्ण सदस्यहरु मिलेर हत्या गरेको रहस्य खुलेको छ ।

गोरखाको पालुङटार गाउँ विकास समिति वडा नं ४ बडडाँडाकी २९ वर्षकी सीता शाह ठकुरी र उनकी ३ वर्षकी छोरी करिश्माको परिवारकै सदस्यहरुले हत्या गरेको खुलासा भएको हो ।



हत्याका विषयमा परिवारका सदस्यहरु पक्राउ परेपछि उनीहरुले प्रहरीसमक्ष बुहारीले घरमा दुःख दिएको कारण घर सल्लाह गरेर नै मारेको स्वीकार गरेका छन् ।

गत बैशाख १८ गते साँझ मृतकको ससुरा टेकबहादुर शाह ठकुरी, सासु टिका कुमारी शाह ठकुरी, पशुपति शाह, मधु शाह, गणेश जंग शाह ठकुरी र मनोज सेन ठकुरी समेतका व्यक्ति भई आफनो बुहारी सिता शाह ठकुरीले सताएको हुँदा यसलाई मार्नु पर्यो भनी घरमा बसी सल्लाह गरेको र सोही रातको ११ बजे पूर्व योजना अनुसार टेकबहादर शाह ठकुरी समेतका मानिसहरु सिता शाह ठकुरीको घरमा गई घाँटी समाई सिता शाह र करिश्मा शाह ठकुरीलाई हत्या गरेको खुल्न आएको हो ।

हत्या पछि लासलाई घर नजिक ल्याई सिता शाह ठकुरीको घाँटी काटी लास टेकबहादुर शाहको शौचालयको सेफ्टी ट्याङकीमा र टाउको घटनास्थल नजिक खोल्सीमा लगी पोको पारी फालेको अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त घटनामा संलग्न मृतकको ससुरा टेकबहादुर शाह, टिकाकुमारी शाह, पशुपति शाह ठकुरी, मधु शाह, गणेश जंग शाह ठकुरी र मनोज सेन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।