आफ्नै घर बोकेर २ सय ७० माइलको दूरी पार गरेपछी...(फोटोसहित)

चीन चमत्कारको देशका रूपमा परिचय जोड्दै छ । हरेक समय केही न केही नयाँ चमत्कारिक काम देखाएर विश्वलाई नै हैरान बनाउन थालेको छ । यसमा देशको नीति र कार्यले मात्र नभई जनताले पनि उस्तै सहयोग गरेका छन् ।



चीनका नागरिकले पनि देशमा विभीन्न कामहरू गरेर आफू र आफ्नो देशलाई आश्चर्यको देशको रूपमा चिनाउँदै छन् । कुनै चमत्कार भयो भन्ने बित्तिकै पहिले चीनमा नै हो की भन्नु पर्ने अवस्था समेत सिर्जना भइसकेको छ । केहि नयाँ कुरा कसैले गर्यो भने पनि चीनमा सबैभन्दा पहिले आँखा लगाउनुपर्ने भएको छ ।

यसैबीच एक व्यक्तिले पनि चीनलाई आश्चर्यको देशका रूपमा चिनाउन आफ्नै घर बोकेर करिब २ सय ७० माइलको दूरी पूरा गरेका छन् । चीनको उज्होउ शहरमा बस्दै आएका लिउ लिन्ङचाओले केही महिना अगाडि उक्त यात्रा सुरू गरेका थिए । उनी अहिले लिउहोउमा पुगेका छन् ।

३८ वर्षका लिउले ५ वर्ष अघि बाँस, प्लाष्टिक तथा पुरानो बिस्ताराबाट निर्माण गरेका थिए । र उनले उक्त घर बोकेर २ सय ७० माइलको दूरी समेत तय गरिसकेका छन् । घर बोकेर हिडेको देख्दा देख्नेहरू समेत उनलाई एकटक हेरिरहन्छन । के गरेको होला किन गरेको होला भन्ने प्रश्न सबैको अनुहारमा देखिन्छ ।

हेरौ यसरी घर नै बोकेर हिड्ने लिउका केही तस्विरहरू...