चुनावमा एमाओवादीले पहाडका नेतालाई मधेसबाट र मधेसकालाई पहाडबाट उठाउने, प्रचण्ड पुर्व र बाबुराम पश्चिम जाने

४ जेठ, काठमाण्डौं । संविधानसभा चुनावमा एकीकृत नेकपा माओवादीले पहाडका केही नेतालाई मधेस र मधेसका केही नेतालाएई पहाडबाट उम्मेदवार बनाउने गृहकार्य गरेको छ ।



पार्टी अध्यक्ष प्रचण्डले ९ चैतमा नै आफु मधेसबाट चुनाव लड्ने घोषणा गरेका थिए । प्रचण्डले धनुषाको महेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले मधेशबाटै चुनाव जितेर सम्पूर्ण मधेसी जनताको मुक्तिका लागि संघर्ष गर्ने बताउका थिए ।

प्रचण्ड धुनषा ६, सिरहा ५ वा महोत्तरी ४ बाट लड्न खोजेका छन् । अरु जिल्लाका कार्यकर्ताले पनि आफ्नो जिल्लामा आउने उनलाई आग्रह गरेको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै डा. बाबुराम भट्टराई रुपन्देही १ वा ४ र नवलपरासीको ४ मध्ये एक ठाउँबाट चुनाव लड्ने विषयमा छलफल भएको माओवादी स्रोतले जनाएको छ ।
onlinekhabar