सहरिया महिलाको स्तन किन ठुलो हुन्छ ???
परिवर्तित जीवनशैली, बदलिँदो खानपान, शारीरिक गतिविधिमा कमी आदिले गर्दा सहरमा बस्ने महिलाहरूमा स्तन क्यान्सरको समस्या गाउँमा बस्नेहरूको दाँजोमा बढी पाइने गरेको छ । सहरिया महिलाहरूलाई स्तन क्यान्सरबारे थप चनाखो हुन ढिलो भइसकेको विशेषज्ञहरूले औंल्याएका छन् ।
‘भारतका मुम्बई, दिल्ली, बेङलुरुजस्ता मेट्रो सहरमा स्तन क्यान्सरको मामिलामा सन् १९८२ देखि २००५ का बीच दोब्बर बढोत्तरी भएको छ,’ मुम्बईस्थित लीलावती अस्पतालका कन्सल्टेन्ट मेडिकल अंकोलजिस्ट र इन्डियन सोसाइटी अफ अंकोलजीका संयुक्त सचिव डा. दिनेश पेंढारकर भन्छन्, ‘नेपालको सहरी क्षेत्रमा पनि यस्तै अवस्था रहेको सजिलै अनुमान गर्न सकिन्छ किनभने भारत र नेपालका सहरी महिलाको जीवनशैली खासै फरक छैन ।’ आधुनिक जीवनशैली यसको प्रमुख कारण रहेको उनी बताउँछन् । ‘हो, नेपालको सहरी क्षेत्रमा समेत स्तन क्यान्सर बढ्दो छ,’ त्रिवि शिक्षण अस्पताल, स्तन शल्यचिकित्सक प्रकाश सायमी भन्छन्, ‘यसको सम्बन्ध दिनचर्या र खानपानसँग छ ।’ जीवनशैलीसँग जोडिएको स्तन क्यान्सर नेपालका महिलामा विदेशको दाँजोमा दस वर्ष कम उमेरमै पाउने गरिएको डा. सायमी बताउँछन् । स्तन क्यान्सर सम्बन्धी नौ सय केसको अध्ययन गरेका उनका अनुसार, यो समस्या देखिने औसत उमेर ४८ वर्ष हो । तर ३० वर्षका २२ प्रतिशत नेपाली युवतीमा पनि स्तन क्यान्सर पाइएको तथ्यांक छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनकी मेडिकल रेकर्डर ज्योति झाका अनुसार, उक्त अस्पताल पुग्ने सबै क्यान्सर रोगीमध्ये आठ प्रतिशत स्तन क्यान्सरका हुने गरेका छन् । स्तन क्यान्सर महिलालाई दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । ६१ प्रतिशत स्तन क्यान्सरका रोगी ३५ देखि ५५ वर्ष उमेर समूहका हुने गरेका छन् । डा. पेंढारकरका अनुसार, सहरका ढिलो बिहे हुन्छ र सहरिया महिलाले ढिलै गर्भधारण पनि गर्छन् । गर्भावस्थाको पूरा प्रक्रियामा थुप्रै हार्मोन उत्सर्जित हुन्छ । यस्तो हार्मोन स्तन क्यान्सरलाई रोक्न सहयोगी मानिन्छ । त्यसैले त्यसको लाभ ढिलो बिहे गर्नेहरूले त्यति लिन पाउँदैनन् । ‘सहरी महिलामा व्यायाम कम छ, बच्चाको संख्या कम छ, बच्चा ढिलो जन्माइन्छ, स्तनपान कम गराइन्छ, गर्भधारण रोक्न हार्मोन -पिल्स) को प्रयोग गरिन्छ,’ सहरिया महिलामा स्तन क्यान्सर बढी देखिने कारण औंल्याउँदै उनी भन्छन्, ‘पहिले रजस्वला चौध-पन्ध्र वर्षमा हुने गरे पनि हाल त्यो उमेर नौ/दसमा झरेको छ ।’ केही वर्षयता सहरी क्षेत्रको खानपानमा व्यापक परिवर्तन भएको छ । सेकुवा, पिज्जा जस्ता फास्टफुड, पि|mजमा राखिएका खाद्य पदार्थको व्यापक उपयोगले ल्याएको जीवनशैलीमा परिवर्तनसँगै मोटोपना क्यान्सरको ठूलो कारण हो । ‘सहरिया महिलामा शारीरिक गतिविधि ग्रामीण महिलाको दाँजोमा धेरै कम छ,’ डा. पेंढारकर भन्छन्, ‘शारीरिक गतिविधि बढाए क्यान्सरको जोखिम कम गर्न सकिन्छ । यस्तै, सहरिया महिलाहरूले भोजनमा चिल्लो पदार्थको मात्रा कम गर्नुका साथै शरीरको तौल घटाउनुपर्छ । नियमित स्तन परीक्षण आफैंले गर्ने गर्नुपर्छ । परिवारमा कसैलाई यस्तो रोग भएको छ भने अरूले पनि निकै सचेत हुनुपर्छ, किनभने त्यसले जोखिम बढाउँछ ।’ स्तन क्यान्सरको सुरुआती लक्षण स्तनमा हुने गाँठो हो । तर विडम्बना के छ भने, गाउँघर मात्र नभई सहरमा समेत स्तनमा गाँठोबारे चर्चा गर्न लाज मान्ने प्रचलन छ । यद्यपि स्तनमा पाइने सबै गाँठाहरू क्यान्सरै हुन् भन्ने हुँदैन । यसैले त्यस्तो गाँठोबाट डराउनुपर्दैन ।
डा. पंेढारकर भन्छन्, ‘सयमध्ये ९९ गाँठो क्यान्सर हुँदैन । औसत महिलामा स्तनमा गाँठो सामान्यसमेत मानिन्छ । यो महिनावारीसँगै आउँछ र जान्छ ।’ प्रा.डा. सायमीका अनुसार, स्तन क्यान्सरको त्यस्तो गाँठो नदुख्ने भएकोले महिलाहरू बेलैमा चिकित्सककहाँ जाँदैनन्, दुुई/तीन महिनापछि मात्र धाउँछन् । डा. पेंढारकर भन्छन्, ‘कुनै लक्षण देख्नासाथ तपाईं जति छिटो अस्पताल पुग्नुहुन्छ, स्तन क्यान्सर निको हुने सम्भावना त्यति नै हुन्छ । त्यसैले जतिखेर गाँठो भेट्नुहुन्छ, त्यति बेलै चिकित्सककहाँ गइहाल्नुस्, त्यो जुनसुकै स्टेजमा होस्, त्यसले कुनै फरक पार्दैन, उपचार सुरु गरिहाल्नुपर्छ । रोगी जति छिटो चिकित्सकको सम्पर्कमा आउँछन्, उपचार त्यति नै छोटो हुनुका साथै खर्चसमेत कम छ । हालका दिनमा क्यान्सर कुनै पनि अवस्थामा निको हुन सक्छ ।’ स्तनमा गाँठो भेटिँदैमा डराउनुपर्दैन । क्यान्सरमा रोगको अवस्था बिरामीका लागि महत्त्वपूर्ण हँुदैन । तैपनि लक्षण थाहा हुँदाहुँदै घरमा बसेर समय खेर फाल्नु हुन्न । जति छिटो उपचार प्रक्रियामा लाग्यो, त्यति राम्रो । स्तन क्यान्सरको उपचार पाँच वर्षसम्म चल्छ । स्तनमा गाँठो देखेपछि चिकित्सकहरूले फाइन निडिल एस्पिरेसन साइटोलजी -एफएनएसी) गर्छन् । यसले क्यान्सर भए-नभएको थाहा हुन्छ ।
यसपछि बायोप्सीको रिपोर्ट हेरिन्छ । बायोप्सीपछि सामान्यतः गाँठो छोटो भए शल्यक्रिया गरिन्छ । डा. पेंढारकरका अनुसार, यसपछि रेडियोथेरापी, किमोथेरापी गरिन्छ । औषधि र हार्मोनसम्बन्धी थेरापी ५ वर्षसम्म गर्नुपर्ने हुन्छ । ५ वर्षपछि मात्र निको भएको भन्न सकिन्छ । स्तन क्यान्सर एकचोटि उपचारपछि फेरि र्फकने सम्भावनासमेत हुन्छ । तर समयसँगै त्यसको सम्भावना घट्दै जान्छ ।
वरिष्ठ क्यान्सर विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल भन्छन्, ‘स्तन क्यान्सरको उपचार गराइरहेकाहरूले नियमित रूपमा चिकित्सकको सम्पर्कमा रहनुपर्छ । रोग पुनः फर्किए आत्तिनुपर्दैन ।’ महिलाले प्रत्येक महिना आफैले आफनो स्तन जाँची त्यसमा गाँठागुठी भएनभएको ठम्याउने गर्नुपर्छ । शंका लागे तुरन्त चिकित्सककहाँ जानुपर्छ । वर्षेनि एकपटक अस्पताल पुगेर स्तन परीक्षण गराउँदा ढुक्क हुन पाइन्छ । आफैंद्वारा परीक्षण स्तनमा गाँठो ठम्याउने सबैभन्दा राम्रो तरिका आफंैले आपmनो स्तनको जाँच गर्नु हो ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं