बाराक ओबामा डराए, ड्रोन प्रहार नगर्न उर्दी

१० जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ग्वान्टानामो बेमा अहिले भइरहेको संघर्षमा सकेसम्म ड्रोन आक्रमण कम गर्न निर्देशन दिएका छन् । अनावश्यक रूपमा ड्रोन आक्रमण नगर्न उनले बिहिबार निर्देशन दिएका हुन् ।



विदेश नीतिका सम्बन्धमा राष्ट्रपति ओबामाद्धारा दिइएको एक भाषणका क्रममा ओबामाले देशको अर्थतन्त्र खस्किँदै गएको अवस्थामा ड्रोन आक्रमणलाई पनि कमी ल्याउने विचार व्यक्त गरेका हुन् ।

आर्थिक संकटमा अल्झिरहेको अमेरिकाले ग्वान्टानामोमा गरिरहेको कारबाहीमा सकेसम्म ड्रोनको कम प्रयोग गरी आर्थिक भारमा कमी ल्याउनका लागी राष्ट्रपति ओबामाले यस्तो निर्देशन दिएको बताइएको छ ।

बेरोजगारी समस्याले ग्रस्त बनेको अमेरिका अहिले विभिन्न देशमा आफ्नो देशका सैनिक लगाएर अन्य देशको विद्रोहीसँग लडिरहेको छ । ती देशबाट केहि पाउने आशामा लडाई गरिरहेको भएपनि पछिल्लो अवस्थामा अमेरिका निकै कमजोर बन्दै गएको छ ।

आफूले चाहेका कुराहरू आफूले कब्जा गरेका देशहरूबाट नपाएपछी र त्यहाँ झन् ठुलो क्षति बेहोर्दै गएपछी अमेरिका आर्थिक संकटमा छ । अफगानिस्तान, इराक, क्युवा लगायतका देशहरूमा गरिरहेको सैन्य कारबाहीबाट अमेरिकाले ठुलो आर्थिक भार बेहोर्नु परेको छ । त्यहाँबाट पाउन चाहेका सुविधा तथा पेट्रोल समेत आवश्यक मात्रामा प्राप्त गर्न नसक्दा अमेरिका आर्थिक संकटमा परेको हो ।