चीनका एक युवाले आइफोन किन्न किड्नी बेचे
अहिलेका युवाहरू इलेक्ट्रोनिक वस्तुहरूप्रति यति धेरै नतमस्तक भइसकेका छन् कि त्यसका लागि उनीहरू कुनै पनि हदसम्मको जोखिम मोल्न तयार हुन्छन् । यसै कुरालाई प्रमाणित गर्दछ, एउटा घटनाले। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चीनको दक्षिणी भेगका एक युवाले आइफोन खरिद गर्नका लागि आफ्नै किड्नी नै विक्री गरे ।
सिन्ह्वाका अनुसार, ती किशोर आइफोन र आइपोड खरिद गर्न चाहन्थे, तर उनको परिवारको आर्थिक स्थिति तिनको इच्छा पुर्याउन सक्ने थिएन । लिहाजा नाम गरेका ती व्यक्तिले एक दिन मृगौला व्यापारीलाई भेटे, यसै क्रममा उनले ती कारोबारीलाई आफ्नो मृगौला बेचेका हुन् । उनको मृगौला करिब दुई लाख बीस हजार युआनमा विक्री भए पनि उनको हातमा भने जम्मा बाइस हजार युआन मात्र परेको थियो । तिनको मृगौंला बिक्रीको शेष रकम कारोबारी र डाक्टरले बाँडेर खाएका थिए। किशोरले जब आइफोन घर लिएर आए तब उनको आमाले उनीसँग आइफोन किन्न कहाँबाट यति धेरै पैसा आयो भन्दा उनले किड्नी बेचेर आएको जानकारी दिएका थिए।
source: biswokhabar.com