कोरियामा जिवनमरणको दोसाँधमा काशिराज (भिडियोसहित)
मीन प्रकाश उप्रेती
सउल । परिवारलार्इ खुशी र सुखि राख्ने ठूलो सपना बोकेर रोजगारीका लागि दक्षिण कोरिया आएका दार्चुला धापा ९ का ३२ वर्षीय काशिराज जोशी बिदेशिएको दुई महिना बित्न नपाउँदै जीवन मरणको दोसांधमा परेका छन् । मजदुर भिषामा कोरिया प्रवेशका लागि भाषा परीक्षा उतिर्ण हुंदा सारै खुसी थिए अझ मेडिकल पास भएर कोरियाको लागि कम्पनीबाट नाम आएपछि त उनमा हर्षको सिमा नै रहेन तर ती खुसीहरू कोरिया प्रवेश गरेको दुई महिना बित्न नपाउँदै अचानक निराशामा परिणत भईदियो ।
धेरै पैसा कमाई परिवारलाई सुखी राख्ने सपना बोकेर दुई वर्ष अघि कोरिया प्रवेश गरेका जोसी केही महिना बित्न नपाउँदै सामान्य टाउको दुखेका कारण दुई दिन काममा जान सकेनन् । प्राथमिक औषधी उपचार हुँदा हुँदै उनी एक दिन अचानक बिहोस हुन पुगे । उनलाई कम्पनीको सहयोगमा तत्काल हस्पिटलमा लगियो र बिमार के रहेछ भन्ने बारेमा अनुसन्धान सुरु भयो। करिब दश दिनको अनुसन्धान पछि थाहा भयो उनलाई ब्रेन टुयुमर भएको रहेछ । उपचारका लागि करिब दुई करोड कोरियन लाग्ने हस्पिटलले बताएपछि उनीमा झन अर्को पीडा थपियो । हस्पिटलले रकम जम्मा गरेपछि मात्र उपचार हुने बताउँदै रोक थामको ओषधि दिएर बिदा गर्यो । उता कम्पनिले भने यति ठुलो रकम लाग्ने भएपछि दिन अस्वीकार गर्दै कामबाट निकाली दियो । बिमारीले भैतारिएका काशिराजलाई सडकमा बेवारिसे अवस्थामा रामे छापघर भएका बुद्ध गैातमले भेट्टाई सउलस्थित अमि चर्चमा पुर्याई दिएका थिए । अहिले काशिराज आर्थिक अभावका कारण ब्रेन टयुमरलाई निको पार्न सोही चर्चमा प्रथना गरिरहेका छन् ।
बिमारले थलिएका काशिराजले समयमा कम्पनी खोज्न नसकेपछि हाल उनी अवैधानिक भएका छन् । अनलाइनखबरसंगको कुराकानीमा काशिराजले म बाँच्न चाहान्छू, म सकुशल घर फर्कन भन्दै भावबिहलरुपमा आफ्ना वेदना सुनाएका थिए । नेपाली दूतावास कोरियाले काशिराजलाई बचाउन सक्दो पहल गर्ने बताएको छ । राजदूत कमानसिंह लामाले आफूलाई उक्त कुराको जानकारी आई सकेको बताउँदै सहयोगको लागि के गर्न सकिन्छ पहल गर्न श्रम सहचारी अनिल गुरुङलाई निर्देशन दिइसकेको वताउनुभयो ।
उता श्रमसहचारी अनिल गुरुङले आफूले बिमारीसँग भेट गरिसकेको जनाउँदै अवस्था नाजुक देखिएको हुँदा तत्काल आर्थिक संकलनका लागि दूतावासबाट गर्न सक्ने कामका लागि आफू तयार रहेको बताउनु भएको छ । यसैगरी काशिराज बचाउ समितिका संयोजक बुद्ध गौतमले सहयोगका लागि पहल गरिदिन एन आर एन र नेपाली सम्पर्क समिति कोरिया लगायत सबैसँग अपिल गर्नु भएको छ ।