आफन्तकहाँ पुर्याइदिने भन्दै बसभित्रै वलात्कार
चितवनमा १४ वर्षिया एक किशारी बलात्कृत भएकी छिन् । भरतपुर, आफन्तको घरमा हिंडेकी दोलखा घर बताउने १४ वर्षीया किशोरीलाई नारायणगढबाट लोथर चल्ने ना ३ ख २८५६ नम्बरको बसका चालक भण्डारा–८ का २७ बर्षिय नारायण खरेल र सहचालक भण्डारा–९ का २९ बर्षिय कुमार थापामगरले बलात्कार गरेका हुन् ।
किशोरीलाई उनको आफन्तकहाँ पु-याईदिने भन्दै गाडीमा राखेका उनीहरुले किशोरीमाथि जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित किशोरीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ भने दुवै अभियुक्तलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।