१५ रुपैयाको जनवादी विवाह (साथमा तस्बिर)
जनक केसी, जाजरकोट, वैशाख १- संस्कार र परम्पराको नाममा खर्चिलो विवाह गर्ने चलन तोड्दै जाजरकोटका एक दलित जोडीले १५ रुपैयाको जनवादी विवाह गरेका छन्। नयाँ वर्षको अवसर पारेर एमाले भातृ संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ जाजरकोटका सचिव गोपाल नेपाली तथा युवा संघ नेपाल जाजरकोटका सदस्य निर्मला विकले आइतबार एक सार्वजनिक कार्यक्रममा विवाह गरेका हुन्।
नेकपा एमालेको निर्णयअनुसार प्रेस चौतारी नेपाल जाजरकोटले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गोपाल र निर्मलाले एक अर्कालाई वरमाला पहिर्याउँदै विवाह गरेका हुन्। केही समयअघि देखिको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्नका लागि दुवै जनाले पार्टीमा निवेदन दिएको र पार्टीको निर्णयअनुसार नयाँ शैलीमा विवाह गरेको गोपाल नेपालीले बताए। उनले समाजमा व्याप्त कुरीति र छुवाछुत प्रथाको अन्त्य गर्न आफूले जनवादी शैलीमा विवाह गरेको बताए। उनलाई एमालेका नेता कार्यकर्ता तथा कार्यक्रममा उपस्थित एक सय बढी सहभागीले शुभकामना दिएका थिए।
जिल्ला विकास समितिको सभाहलमा भएको कार्यक्रममा हिन्दू परम्परा अनुसारका सामाग्रीको साथ तथा पुरोहितको मन्त्र बिनै गोपालले सबैसामु निर्मलाको सिउँदोमा सिन्दुर भरेर विवहाको औपचारिक्ता पूरा गरे। विवहाका लागि एमालेले १५ रुपैया खर्च गरिदिएको तथा कार्यक्रमको व्यानर तथा अन्य खर्च नेपाल निजामति कर्मचारी संगठनले व्यहोरेको थियो।
रातो पहिरनमा सजिएकी निर्मलालाई जीवन साथी स्वीकार गर्दै गोपालले सामाजिक विकृति र कूंसस्कारलाई समाप्त पार्न अरु युवालाई पनि कम खर्चिलो र आधुनिक शैलीको विवहा गर्न आग्रह गरे। धेरै तडकभडक देखाएर समाज र जीवनले केही उपलब्धि नपाउने भन्दै उनले समाजलाई सकरात्मक परिवर्तनमा लिन युवा नै अघि सर्नु पर्ने बताए। दुवै पक्षका परिवारको सहमतिमा विवाह भएको थियो।
निर्मलाले पनि पुरानो कूंसस्कार र जातीय छुवाछुतविरुद्ध धावा बोल्न सार्वजनिकरुपमा विवाह गर्न मन लागेको बताइन्।