मेक्सिकोको एक कारागारमा बन्दीको दुई समूहबीच झडप हुँदा १३ कैदी मारिए

बैशाख १५ । मेक्सिकोको एक कारागारमा बन्दीको दुई समूहबीच झडप हुँदा १३ कैदी मारिएका छन् । मेक्सिकोको सान लुईस पोटोसी शहरमा रहेको कारागारका केही बन्दीले अर्का समूहका कैदीलाई छुरा प्रहार गर्दा हिंसात्मक अवस्था सृजना भएको हो ।



झडपमा अरु केही कैदी घाइते भएका छन् । राति गस्ती गरेकै समयमा घटना हुँदा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । कैदीका आफन्तहरुले भने कारागार प्रशासनको फितलो सुरक्षाले गर्दा भिडन्त भई आफना मान्छे मारिएको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । मेक्सिकोका कारागारमा रहने कैदीहरु अधिकांश लागू औषध तस्करका छन् ।