पत्रकारले लिए नांगै अन्तरवार्ता (भिडियो सहित)

एक एफ एम रेडियोमा अन्तरवार्ता दिन जाँदा अस्ट्रेलियामा एक व्यक्ति झण्डै मुर्छा परेनन् । पशु चिकित्सक क्रिस ब्राउनलाई झण्डै मुर्छा पार्ने घटना सुन्दैमा अचम्म लाग्दो छ । सिड्नीको नोभा एफ एम रेडियोमा अन्तरवार्ता दिन गएका ब्राउन त्यसबेला तिनछक परे जब उनलाई अन्तरवार्ता लिने दुइ जना पत्रकार नांगै थिए ।

अन्तरवार्ता लिने पत्रकार द्वय फिट्जी र विप्पाले ब्राउनसँग अन्तरवार्ता लिने अवधिभर कुनैपनि लुगा लगाएनन् ।

उनको अन्तरवार्ताको माध्यमबाट रेडियो शो प्रवर्धन गर्ने लक्ष्य संचालकको भएकाले पनि शो लाई अझ चर्चित बनाउन संचालक द्वय नांगिएका थिए ।

यद्यपि ब्राउनलाई आफुसँग अन्तरवार्ता लिने पत्रकारहरु निर्वस्त्र छन् भन्ने पूर्व जानकारी थिएन । जापानमा हुने निर्वस्त्र मेलाको अवसरमा प्रदर्शन गर्नका लागि उक्त निर्वस्त्र रेडियो शो तयार पारिएको हो । आफुले निर्वस्त्र पर्वका लागि अन्तरवार्ता दिएको र निर्वस्त्र पत्रकारलाई अन्तरवार्ता दिँदा निकै अचम्म लागेको उनको भनाइ छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस>