स्कुल जादा सानो गल्ति भयो भने ज्यानै जान्छ .. हेर्नुहोस
तपाई शहरमा बस्नु हुन्छ ? तपाई आफ्नो बच्चा स्कुल पुर्याउनको लागि बसमा राखिदिनु हुन्छ होला तर पनि तपाई भगवान संग आफ्नो बच्चाको रक्षा गर्न भगवान संग प्रार्थना गर्नु हुन्छ | स्कुलबाट समयमै घर आइपुगेन भने कहिँ केहि त भएन ? मनमा अनेकौ शंकाले डेरा जमाउछ | आफ्नो सन्तानको खोजि गर्न तिर लागिन्छ |
तर संसारमा यस्तो उदाहरण पनि छ, जहाँ बच्चा आफ्नो ज्यान नै जोखिममा राखेर स्कुल जाने गर्दछन | यीनिहरु लाइ देख्दा मानिसहरु भन्छन , पढ्न जाँदै छन् कि मर्न ?
यीनीहरु यस्तो खतरनाक पहाडी बाटोबाट स्कुल पुग्नु पर्छ, जहाँ यीनिहरुको एक मात्र सानो गल्तीले यीनिहरुलाइ संसारबाटै बिदा हुन बाध्य बनाइ दिन्छ |
४० बर्ष पहिले बनाइएको थियो यो सानो साघुरो बाटो | २३० फिटको उचाइमा रहेको यो बाटोको सिढी हरु पनि टुटे फुटेको छ |आफ्नो गाउबाट ३० माइलको दुरी पार गर्दै यस्तै बाटो हिडेर जान्छन स्कुले केटाकेटीहरु |
यी स्कुले केटाकेटीलाई स्कुल जानको लागि अर्को बाटो पनि छ | तर त्यो पनि त्यति सुरक्षित छैन अनि त्यो बाटो प्रयोग गर्दा स्कुल पुग्न अझ २ घण्टा बढी लाग्छ | त्यसैले उनीहरु यो बाटो प्रयोग गर्न बाध्य छन् |
चिनको बेन्पो इलिमेन्ट्रि स्कुलमा यसरि दुर्गम अनि डरलाग्दो बाटो गरि जानु पर्ने हुन्छ |धेरै स्कुले केटाकेटीहरु बिजी, गोन्जाउप्रान्तमा रहेको यो स्कुल जादा लागेको डर अझै सम्झन्छन् |
आफ्नो बाटो पारको अनुभव सुनाउदै एक महिला भन्छिन " पहिला पहिला त मलाई अति नै डर लाग्थ्यो, अब त बानि नै परि सक्यो, बाटो त यस्तो छ कि कुनै सामान्य मान्छेले यदी माथि बाट तल हेर्यो भने उ त्यहि हार्ट फेल भएरै मर्न सक्छ |"
Link : china-dangerous-road-to-school