काभ्रेमा महिला बलात्कार गरी कोरियाली फरार

बनेपा, चैत २५ - आफूलाई बलात्कार गरेको भन्दै एक विदेशी महिलाले नेपाल प्रहरीमा मुद्दा दर्ता गराएकी छन्। ३२ वर्षीय कोरियाली ढोयोङ पार्कले काभ्रेको नाल्डुम बालुवापाटी गाविसस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बनेपामा मुद्दा दिएकी हुन्। पीडित महिलाले एउटै देशका नागरिक भएकाले चिनाजानीका क्रममा एउटै होटलमा बसेको र भिन्दाभिन्दै कोठा लिएको तर मादकपदार्थ सेवन गरेपछि पार्कले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बनेपाले जनाएको छ। अहिले अभियुक्त पार्क फरार रहेको र खोजी जारी रहेको छ। रासस