नयाँ वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजारलाई कारबाही
वैशाख २ - नयाँ वर्षको पहिलो दिन आज काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने करिब दुई हजार सवारी चालक कारबाहीमा परेका छन् ।
विगत वर्षका पहिलो दिन भएका सवारी दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरी महाशाखाले शनिबार रातिदेखि विशेष जाँच गरेको थियो ।
महाशाखाका प्रवक्ता पवनकुमार गिरीका अनुसार उपत्यकाका विभिन्न ६५ स्थानमा चेक प्वाइन्ट राखी गरिएको चेकिङका क्रममा शनिबार अपराह्न ४ बजेसम्म मात्रै एक हजार दुई सय ७२ सवारी चालकलाई कारबाही गरिएको र एक सय १७ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ, ।
नयाँ वर्षका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, मोटरसाइकलमा दुईभन्दा बढी यात्रा गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने जस्ता ट्राफिक नियम उलङ्घनका कार्य देखिएको महाशाखाले जनाएको छ ।