रोजगारीका लागि दलालको लहैलहैमा साउदी गएका अविवाहित २२ बर्षकी युवती बच्चा लिएर घर फर्किएपछि…

३१ चैत, काठमाण्डौं । रोजगारीका लागि गएका कतिपय अविवाहित युवती बच्चासहित फर्केर आएका छन् । तिनैमध्येमा पर्छिन, झापा मेचीनगरकी शकुन्तला श्रेष्ठ । लेबनानमा राम्रो काम लगाइदिने भन्दै दलालको प्रलोभनमा परेर घर छाडेकी यी २२ बर्षकी अविवाहित साउदीमा बेचिइन् ।

साथीहरुको लहैलहैमा लागेर गएकी उनलाई दलालको नामसमेत पत्तो छैन् । आठ महिने छोरो च्यापेर नौ महिनाअघि घर फर्किएकी उनले श्रीमान् दिल्लीमा रहेको भनेर ढाँट्दै आएकी छन् । ‘समाजले बाउ खोज्छ,’ उनले भनिन्, ‘समाजले गर्ने अवहेलनाका कारण ढाँट्नुको विकल्प रहेन ।’ माइतीमा बस्दा समाजले गर्न सक्ने दुव्र्यवहारका कारण उनी पारिवारिक सल्लाहमा डेरामा बसेकी छन् । साउदीको एउटा घरमा उनले घर मालिकका छोराछोरीको हेरविचार गर्नुपथ्र्यो ।

मालिकको परिवारका दजर्ंन सदस्यलाई खाना पकाएर खुवाउनु, लुगा धुनु र सरसफाई गर्नु उनको दैनिकी थियो । साउदी पुगेको पाँच महिनापछि घर मालिक्नीले यातना दिन सुरु गरिन् । साथै मालिक्नीका दुई छोराले दिनहुँ यौन शोषण गर्ने, बलात्कार गर्ने गरेको र नमाने कुटपीट गर्ने गरेको बताई ।

इन्डोनेसियाकी एक युवतीको सहयोगमा त्यस ठाउँबाट निस्कन सफल भएपनि आफूसँग पासपोर्ट नभएका कारण प्रहरीले पक्राउ गरी हिरासतमा राखेको र पछि स्वास्थ्य परीक्षण गर्दा आफू गर्भवती भएको थाहा पाएको उनले बताईन । उनी जस्ता २३ युवती गर्भवती भएको र उनीहरु जेलमै भएको भन्दै उनले भनिन् -’ बच्चाको बाबु थाहा पाए पनि उजुरी गर्ने निकाय र पाइने सहयोगका बारेमा जानकारी नहुँदा बच्चा बोकेर आउनुको विकल्प छैन्,’ नयाँ पत्रिकामा खबर छ ।