नयाँ वर्षमा शनिबार र आईतबार दिउँसै मापसे जाँच गरिने !
३१ चैत, काठमाण्डौं । नयाँ बर्ष मनाउने बहानामा दिउँसैदेखी मापसे गर्ने योजना छ ? यदि छ भने त्यसमा परिवर्तन ल्याए हुन्छ । नयाँ बर्षमा सवारी दुर्घटना हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बर्षको अघिल्लो दिन शनिबार र आईतबार दिउँसै मापसे जाँच गर्ने भएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना भएको भन्दै महाशाखाले दिउँसै जाँच गर्ने भएको हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjBsrCnRcPgg6eHk5_tRuY_x4qML0_7YpFqE56iVAhv2W7ALEJ2WTZtRx13KzRnbpKKyHugjhgLkequR00EXHq5yK462K1CgXko9QsVCJjLelPyRmAISeUiXO9FsRmMb-52ZUeTlKt6PiXV/s400/mapase.jpg)
महाशाखाका डिआइजि उपेन्द्रकान्त अर्यालले नयाँ बर्ष मनाउने बहानामा मादक पदार्थ सेवन गरेर सवा चलाउँदा दुर्घटना हुने सम्भावना धेरै भएकाले दिउँसो देखी नै मापसे जाँच गर्न लागिएको बताए । उनले होलीमा पनि बिहानै देखी मापसे जाँच गर्दा कुनै सवारी दुर्घटना नभएको बताउँदै त्यहि अनुसार नयाँ बर्षलाई समेत दुर्घटना रहीत बनाउन लागिएको उल्लेख गरे । ‘शनिबार १२ बजे देखि र आइतबार बिहानैदेखी मापसे जाँच सुरु हुन्छ’ उनले भने ‘त्यसका लागि सिनियर प्रहरी अधिकृत (प्रहरी निरीक्षक) देखी माथिका प्रहरी पनि सडकमा हुन्छन् ।’
नयाँ बर्ष भनेर सवा साधन चल्नै नदिने गरि सडक ढाकेर हिड्ने सर्वसाधारणलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने भएको छ । मोटरसाईकलमा हेलमेट नलगाई, सिटबेल्ट नबाँधी सवारी चलाउनेलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने छ । ट्राफिक प्रहको कार्ययोजना अनुसार बढि दुर्घटना हुने जोखिमपुर्ण स्थान पहिचान गरी सुरक्षा परिचालन गरिने महाशाखाले जनाएको कान्तिपुर दैनिकमा खबर छ ।
उपत्यकाका ६५ स्थानमा ट्राफिक प्रहरी अधिकृतको नेतृत्वमा बिशेष चेक प्वाईन्ट राखिनेछ । शनिबार बिहानै देखी १६ वटा ट्राफिक मोबाइल गाडीले गस्ती गर्ने जनाएको छ । मोबाइल गाडीले ट्राफिक जाम वा सडक दुर्घटना भएमा तत्काल जाम कम गराउने र उद्धार गर्नेछ । मोबाइल गस्तीले नै बिभिन्न स्थानमा ‘सर प्राइज’ मादक पदार्थ सेवन जाँच गर्ने जनाएको छ ।