भोजपुरीमा यस्तो देखाइन् शोभिताले हिरोको सात्तो उड्ने गरी (भिडियो)
कतारमा रहेकी नायिका शोभिता सिंखडा भोजपुरी सिनेमामा पनि अभिनय गर्न व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘मर्द रिक्सावाला’ अहिले भारतका केही शहर र बिहारमा प्रदर्शनमा आएको छ ।चलचित्रको एक गीतमा नायिका सिंखडाले नायक सुशिल क्षेत्रीसँग उत्तेजक नृत्य गरेको देख्न सकिन्छ । चलचित्रमा विराज भट्टको पनि प्रमुख भुमिका छ । मनोज नारायण र सानु शाक्यले निर्देशन गरेको यो सिनेमामा नायक भट्ट अपराधको बिरुद्ध लड्ने एक युवकको भुमिकामा छन् । यस्तै नायक सुशिल क्षेत्री प्रहरी र नायिका सिंखडा क्षेत्रीको श्रीमतीको भुमिकामा छिन् । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ ।

पछिल्लो समयमा भोजपुरी चलचित्रमा पनि नेपाली कलाकारहरुको माग बढिरहेको छ । विराज भट्ट अहिले भोजपुरी सिनेमाका चल्तिका नायकको रुपमा परिचित छिन् । चलचित्र ‘द लास्ट किस’ मा पनि उत्तेजक नृत्य गरेकी नायिका शोभिता सिंखडाले भोजपुरी चलचित्रको गीतमा पनि आफ्नो जवानी प्रदर्शन गर्न छोडेकी छैनन् ।