स्विमिङ सुटमा मोडल क्रिष्टिनाको हट जवानी

जब पहिरनको कुरा आउँछ, मोडल क्रिष्टिना मिलियन निक्कै नै ध्यान दिन्छिन् । हालै मात्र उनले एक म्यागेजिनक लागि फोटोसुट गराएकी छिन् । कस्मोपोलिटियन ल्याटिन्स स्विमर बिषयमा प्रकाशित अंकमा उनले हट फोटोसुट गराएकी हुन् ।३१ बषिर्या यि मोडलको हट अवतार फोटोसुटको क्रममा देखिएको थियो ।






कालो पहिरन लगाएर समुन्द्री तटमा ढल्कदा क्रिष्टिना निक्कै आकर्षक देखिएकी थिइन् । उनले फोटोसुटका क्रममा आफ्नो ट्याटु पनि देखाएकी थिइन् । गायिका समेत रहेकी क्रिष्टिना नयाँ एल्बमको काम समेत गरिरहेकी छिन् । उनले सन् २०१२ मा ल्याएको एक एल्बमले चर्चा पाएको थियो । तर आफ्नो गायिकीबाट दिक्क भएकी यि गायिकाले अहिले फेरी एल्बम निकाल्ने तयारी गरेकी छिन् । उनले आफुलाई पनि यो क्षेत्रमा आउन प्रोत्साहन दिने सबैलाई धन्यबाद समेत दिएकी छिन् । उनले आफुले अब आफ्नो स्वरलाई अझ निखारेर गायकीलाई अगाडी बढाउने बताएकी छिन् ।