भारत उत्तरप्रदेशका एक जना मन्त्री बर्खास्त

उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले महिलामाथि नराम्रो शब्दको उदाहरण पेश गरेका कारण एक जना मन्त्रीलाई पदबाट हटाएका छन् ।

ग्राम उद्योग मन्त्री राजाराम पाण्डेलाई मुख्य मन्त्री अखिलेश यादवले पदबाट हटाएका हुन् । मन्त्री राजाराम पाण्डेले जिल्लाका सडक भारतीय अभिनेत्री हेमा मालिनी र माधुरी दिक्षितको गाला जस्तै चिल्ला बनाउने भन्दै उदाहरण पेश गरेका कारण उनले मन्त्री पद गुमाउनु परेको भारतिय सञ्चार माध्ययमले जनाएका छन् ।

उनले सडक राम्रो बनाउँनु पर्छ भन्ने आसयले यस्तो अभिव्यक्ति दिएपनि भारतीय महिला संगठनले मन्त्री पाण्डेको नियत खराव भएको भन्दै विरोध गरेका कारण उनको पद गुमेको बुझिएको छ