१८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने
निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले संविधानसभाको निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ। मतदाता नामावली सम्बन्धी ऐन, २०६३ मा संशोधन गरी आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने भएका हुन् । सैनिकप्रहरी ब्यारेकमा रहेका व्यक्ति र वृद्धाश्रममा बसेका व्यक्तिको लागि समेत अस्थायी मतादाता नामावली तयार गरी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित नियमित प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रममा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता टेकप्रसाद ढुङ्गानाले प्रस्तुत गरेको गत चैत महिना र यही बैशाख १५ गतेसम्मको प्रगति विवरणमा सो कुरा उल्लेख गरिएको छ।
source:dcnepal