आइसफल डाक्टरको शव हेलिकोप्टरबाट पाङबोचे ल्याइयो

भानुभक्त निरौला, सोलुखुम्बु, चैत २६ - सगरमाथा हिमालमा बाटो निर्माण गरी आधारशिबिर फर्कदै गर्दा २ नम्बर क्याम्प र आधारशिबिरकोबीच बाटोमा लडेर हिजो मृत्यु भएका मिङमार शेर्पाको शव आज हेलिकोप्टर मार्फत पाङबोचे ल्याइएको छ।

सगरमाथा हिमालमा आइसफल डाक्टरको रुपमा कार्यरत ४० वर्षीय शेर्पा बाटो निर्माण कार्य सकाएर आधारशिबिर झर्दै गर्दा हिजो हिउको ढाँड खर्पासमा परि मृत्यु भएको थियो। खुम्जुङ-७ स्थायी घर भएका उनको शव आज खुम्जुङ -७ पाङबोचेमा ल्याइएको हो।

शव ल्याउने तयारी स्वरुप हेलिकोप्टर हिजै दुर्घटना स्थल पुगे पनि तीव्र हावाहुरीका कारण प्रयास असफल भएको थियो। शेर्पा विगत ६ वर्षदेखि सगरमाथा प्रदुषण नियन्त्रण समितिमा आवद्ध रही सगरमाथा क्षेत्रमा बाटो मर्मत तथा सरसफाई सम्बन्धी काम गर्दै आएका थिए। हिमालमा बाटो बनाउने काम गर्ने व्यक्तिलाई आइसफल डाक्टर Source:nagariknews