४ वैशाख, काठमाण्डौं । काँग्रेससित बैंकमा तीन करोड रुपैयाँभन्दा बढी नगद छ । बैंकमा राखिएको सो रकमको व्याजबाटै काँग्रेस पार्टी कार्यालय चलिरहेको छ ।

काँग्रेस कोषाध्यक्ष चित्रलेखा यादवले महासमिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदनले पार्टीमा तीन करोड ११ लाख १७ हजार रुपैयाँ ५७ पैसा रहेको देखाएको हो । पुससम्मको रेकर्डअनुसार चालू आर्थिक बर्षमा भने काँग्रेस घाटामा चलेको छ ।
चालू आर्थिक बर्षको असारदेखि पुससम्म आम्दानी १० लाख ८२ हजार नौ सय ४० र खर्च ५० लाख ५१ हृजार एकसय १८ रुपैयाँ ७२ पैसा रहेको प्रतिवेदनमा छ । त्यसअनुसार ३९ लाख ६८ हजार एकसय ७८ रुपैयाँ ७२ पैसा चालू आवमा घाटा रहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
काँग्रेस कोषाध्यक्ष यादबले बैंकमा हरेको पैसाको व्याजबाट पार्टी केन्द्रीय कार्यालयको खर्च चलिरहेको जानकारी दिइन् । ‘बैंकको व्याजबाट केन्द्रीय कार्यालयका कर्मचारीको तलबभक्ता र मसलन्द खर्च चल्छ,’ उनले भनिन्, ‘त्यसका लागि पाँच लाखजति मासिक खर्च हुन्छ ।’
काँग्रेसले चालू आर्थिक बर्षको पुस मसान्तसम्म विभिन्न स्रोतबाट नौ लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । कोषाध्यक्ष यादवले पार्टीका शुभेच्छुकबाट स्वेच्छिक रुपमा सो सहायता प्राप्त भएको जनाए पनि उनीहरुको नाम खोल्न चाहिनन् । यसैगरी साधारण सदस्यता, विधान तथा नियमावली बिक्रीबाट एक लाख ८२ हजार नौ सय ४० रुपैयाँ आम्दानी भएको छ
कांग्रेसको खातामा तीन करोडभन्दा बढी नगद, व्याजबाट कर्मचारीको तलब-भत्ता


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं