राजधानीको सडक विस्तारमा अवरोध र ढिलाइ गर्ने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी
काठमाडौं, वैशाख ४-सरकारले राजधानीका विस्तारित सडकमा अवरोध र काममा विलम्ब गर्ने निर्माण-व्यवसायी तथा कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ। काठमाडौँमा विस्तारित सडकको उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाको नेतृत्वमा आज विभिन्न मन्त्रालयका सचिवहरु र उच्चस्तरीय पदाधिकारीहरु सम्मिलित टोलीले विस्तारित सडकको स्थलगत निरीक्षणपछि त्यस्तो चेतावनी दिएको हो।
निरीक्षणका क्रममा संयोजक बास्कोटाले सडक विस्तारमा अवरोध सिर्जना गर्ने तथा काममा ढिलाइ गर्ने निर्माण व्यवसायी र काममा हेलचेक्र्याईं गर्ने कर्मचारीउपर कारबाही गर्ने बताउँदै अनुकरणीय कार्य गर्नेलाई पुरस्कार दिइने घोषणा गरे। निर्माण तथा विस्तारको काम तोकिएको अवधिभित्र पूरा गर्नैपर्ने, निर्माण व्यवसायीलाई कुनै पनि बहानामा म्याद थप नगरिने र तोकिएको समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का तत्काल अन्त्य गरी तिनलाईं कालो सूचीमा राखेर वैकल्पिक व्यवस्थाबाट कार्य सम्पन्न गर्न सम्बद्ध सबैलाई उनले निर्देशन दिए।
सचिव बास्कोटाले बाटोको गुणस्तरमा कुनै किसिमको सम्झौता नहुने तथा सडक विस्तार गर्दा निस्किएका फोहोर तीन दिनभित्र हटाइसक्नुपर्नेमा जोड दिँदै विकास निर्माणका काममा सघाउन सर्वसाधारणसँग आग्रह पनि गरे।
अनुगमन टोलीले त्रिपुरेश्वर-टेकु-कालीमाटी-छाउनी-पचली- कुलेश्वर गणेशस्थान- बल्खु-त्रिभुवन विश्वविद्यालयद्वार-ललितपुरको भनीमण्डल-एकान्तकुना- जावलाखेल चोकदेखि पाटन अस्पताल लगनखेल हुँदै सातदोबाटो र सातदोबाटो कर्मनाशा पुलसम्मको सडकको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग छलफल गरेको थियो।
टोलीले चिनियाँ सहयोगमा कलङ्की देखि कोटेश्वरसम्मको बाटो १० ...लेन'मा विस्तार गर्ने काम यही वैशाख १८ गतेदेखि थालिने जानकारी दिँदै त्यसमा सहयोगी हात बढाउन उक्त क्षेत्रका बासिन्दालाई अनुरोध गरेको थियो।
प्रारम्भमा कलङ्की खसीबजारमा एक किलोमिटर र एकान्तकुनामा डेढ किलोमिटर बाटो नमुनाको रुपमा चौडा गरिने र साढे तीनवर्षभित्र पूरै बाटो निर्माण गरिसक्ने सम्झौता भएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए।
टोलीले अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिले सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २७ किलोमिटर बागमती नदीको दुवै किनारामा करिब रु १० अर्बको लागतमा बनाइने ढल र आठ मिटरमा निर्माण हुने सडकका साथै विमानस्थल-तीनकुने- माइतीघर मण्डलासम्मको सडक विस्तारको अनुगमन गरेको थियो। रासस