अब आफ्नै गोजी बाट मोवाइल चार्ज गर्न सकिने ,

मोबाइलको ब्याट्रीमा चार्ज सकिएर मोबाइल स्विच अफ हुनु र साथमा चार्जर तथा चार्ज गर्ने ठाउँ समेत नहुँदा दिनभरी नै सम्पर्क वीहिन हुनुपर्छ कहिलेकाहीँ । दिनभरीको यात्रामा हिँडेको बेला मोबाइलको चार्ज सकियो भने त अझ झनै ठूला पीडा हुन्छ । तर अब भने यस्तो पीडाबाट मुक्त भइने भएको छ । वैज्ञानिकहरुले यस्ता मोबाइल चार्जरको विकाश गरेका छन् जुन गोजीमा बोक्न मिल्छ र मोबाइलमा घुसाएपछि आफै मोबाइल चार्ज गर्छ ।


झण्डै साँचो आकारको यो मोबाइल चार्जरले मोबाइल चार्ज गरेपछि केही घण्टासम्म थेग्छ र मोबाइल स्विचअफ हुनबाट बचाउँछ । फ्युल माइक्रो चार्जर नाम दिइएको यो चार्जरबाट मोबाइल फोन चार्ज गर्नका लागि सुरुमा मोबाइलको स्विच अन गरी यो चार्जर मोबाइलमा घुसाउनुपर्छ । त्यसपछि लगत्तै मोबाइलको ब्याट्री चार्जिङ सुरु हुन्छ । अमेरिकाको म्यासाच्युसेट्समा रहेको डेभोटेक कम्पनीले यो चार्जरको निर्माण गरेको हो । कम्पनीले यो चार्जर विश्वकै सबैभन्दा सानो आकारको मोबाइल चार्जर भएको बताएको छ । आकस्मिक तथा अत्यावश्यकीय प्रयोगका लागि यो उपकरण निकै सहयोगी हुने दाबी कम्पनीको रहेको छ । यो चार्जर १.३ इन्च लामो, ०.९ इन्च चौडा तथा ०.५ इन्च मोटो छ । यो चार्जरबाट मोबाइल चार्ज गर्नका लागि सुरुमा यसलाई बिजुलीमा चार्ज गर्नपर्छ । एकचोटी पूरै चार्ज गरेपछि यसले एक महिनासम्म काम दिन्छ र फेरी चार्ज गर्न सकिन्छ । यो चार्जरमा चार्जेबल ब्याट्री राखिएको छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला