आपत्तिजनक अवस्थामा अस्कल स्ववियु सभापति गेस्टहाउसबाट युवतीसहित रंगेहात पक्राउ

काठमाडौं, वैशाख ८ - अस्कल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति कमल बस्नेत सुन्धाराको एउटा गेस्ट हाउसमा युवतीसँग आपत्तिजनक अवस्थामा शनिबार पक्राउ परेका छन्। हतियार खोज्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी प्रभाग जनसेवाको संयुक्त टोलीले गेस्ट हाउसमा छापा मार्दा बस्नेतसहित नौ जोडी फेला परेको प्रहरीले जनाएको छ।







प्रहरीले सबै जोडीलाई पक्राउ गरेको र गेस्ट हाउस सञ्चालकको खोजी भइरहेको महाशाखाका अधिकारीले बताए।



उक्त गेस्ट हाउसमा लामो समयदेखि वेश्यावृत्ति हुने गरेको सूचना प्राप्त भएको प्रहरी दाबी छ। पक्राउ परेका जोडीलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ।



(नागरिक)