दुई बच्चासहित परिवारका चारै जना सदस्यद्वारा आत्मदाह

नयाँ दिल्ली, चैत २५ (एजेन्सी) - िपश्चिमी दिल्लीको उत्तमनगरमा दुई बच्चासहित एक परिवारले आत्मदाह गरेका छन्। शनिबार बिहान ४८ वर्षीय व्यापारी राजिन्दर सक्सेना, उनकी पत्नी ३२ वर्षीया अमिता र १० वर्षका छोरा आयान र ५ वर्षका छोरा टिकुको जलेको शव भेटिएको थियो। परिवारले एउटा सुसाइड नोट पनि छाडेका छन् जसमा छिमेकीसँगको सम्पति विवादबारे उल्लेख छ।

छिमेकीहरुले भने उनीहरुको ४० लाखभन्दा बढी ऋण भएको दावी गरेका छन्। बिहान साढे पाँच बजे नै घरबाट धुँवा उडेको देखेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।