सामसुङले ठूलो स्मार्टफोन ग्यालेक्सी मेगा ल्याउने घोषणा

३० चैत, काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले अहिलेसम्मको सबै भन्दा ठूलो स्मार्टफोन ग्यालेक्सी मेगा ल्याउने घोषणा गरेको छ । यसको स्क्रीन ६.३ इन्च अर्थाच १६ सेमी चौडा हुनेछ ।



ठूलो स्क्रीनका कारण ग्यालेक्सी मेगा भिडियो हेर्नका लागि आर्शन स्मार्टफोन हुने सामसुङको दावी छ । यसमा एर्क पटक दुई ऐप्स चलान सकिनेछ । स्मार्टफोनको बजारमा अमेरिकी कम्पनी एप्पललाई कडा चुनौती दिँदै आएको सामसुङले सन् २०११ मा ५.३ इन्च स्क्रीन भएको ग्यालेक्सी नोट ल्याएको थियो । फोन र ट्यावलेट दुबै काम गर्ने भएकाले फ्याबलेट नाम राखिएको यसले अपेक्षाभन्दा बढी चर्चा पाएको थियो ।

ग्यालेक्सी मेगाको तौल १९९ ग्राम छ । सजिलै खल्तीमा राख्न सकिने र एक हातले पनि चलाउन सकिने सामसुङको दावी छ । समसुङले योसँगै ५.८ इन्चको सानो संस्करण पनि ल्याउने उसले बताएको छ ।

दुबै स्मार्टफोनको बिक्रि मेबाट सुरु हुनेछ । यो सबैभन्दा पहिले युरोप र रुसी बजारमा पाइनेछ ।

onlainkhabar.com