बदाम खानुका फाइदै फाइदा

बदाम हितकारी हुन्छ र सरीरलाई फाइदा गर्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो ।

बदाममा प्रसस्तै प्रोटिन, भिटामिन तथा चिल्लो लगायतका तत्व पाइन्छन् भने यो खानलाई पनि स्वादिष्ट हुन्छ । बदामका गुन यत्ति मात्र होइनन् । बदामका स्वास्थ्य सम्बन्धि लाभ निम्न छन् :


1. बदामले मस्तिष्कलाई तन्दुरुस्त पार्छ । बदाममा धेरै महत्वपूर्ण पोषक तत्व पाइन्छन् जसले मस्तिष्कको कार्यक्षमता तथा स्मरण शक्तिमा पनि वृद्धि गर्छ ।

2. बदामको नियमित सेवनले छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । सेवन मात्र होइन बदामको तेल छालामा लगाउँदा छाला नरम, चम्किलो बन्छ र चाउरी पनि कम हुन्छ ।

3. बदाममा विभिन्न खाले लवण जस्तै पोटासियम तथा फोलिक एसिड, प्रोटिन, चिल्लो तथा भिटामिन इ लगायतका तत्व पाइन्छन् । त्यसैले बदामको नियमित सेवनले मुटु सम्बन्धि विभिन्न खाले स्वास्थ्य समस्या हटाउनुका साथै छिटो बुढ्यौली आउने समस्या पनि कम गर्छ ।

4. सरीरमा उर्जा बढाउन इनर्जी डि्रंक्स पिउने बानी छ ? त्यसो हो भने पख्नुस् । इनर्जी डि्रंक्स होइन त्यसको साटो बदाम किनेर खानुहोस् । बदाममा राइबोफ्लाभिन, कपर तथा म्यांगानिज जस्ता तत्व पाइन्छन् जसले तपाइँको ‘स्टामिना’ बढाउँछ ।

5. अनार लगायतका फलफूल जस्तै बदाम पनि वजन घटाउने निकै सहयोगी परिकार हो । तपाइँ मोटाएर चिन्तित हुनुहुन्छ भने बदाम खाने गर्नुहोस् यसले भोक घटाउँछ र वजन घटाउन सहयोग गर्छ ।

6. बदामको नियमित सेवनले रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्छ । बदाममा उच्च मात्रामा पोटासियम तथा सन्तुलित मात्रामा सोडियम हुन्छ । बदामले रगतमा कोलेस्टेरोलको मात्रा पनि सन्तुलित राख्न मद्दत गर्छ ।