नेपाली नागरिकता लिन खोज्ने भारतिय पर्साबाट पक्राउ
गैरकानुनीरुपमा नेपाली नागरिकता प्राप्त गर्न खोज्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारतीय युवकलाई छोरा भनि नागरिकता बनाइदिन लागेका पर्सा, गम्हरीया–७ का इद्रीस हवारीलाई र १७ वर्षीय भारतीय युवक काजिर हवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
भारतको सीमावर्ती पूर्वी चम्पारण जिल्लाको पनटोका घर भएका काजिरलाई इद्रीस हवारीले छोरा घोषित गरी नागरिकता प्रमाणपत्र बनाउन लागेका थिए। स्थानीयवासीले गाविस सचिव जयनारायण चौरसियालाई यसको जानकारी दिएपछि उनले प्रहरीलाई खबर गरी प्रहरीकै जिम्मा दुबैलाई लगाइदिए।
उनीहरु गाबिसको सिफरिस गराइसकेका थिए। इद्रीसका दुई छोरा छन्। जसमध्ये एकले नागरिकताको प्रमाणपत्र लिइसकेका छन् भने अर्को नाबालक छन्।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं