भिषण आगलागी , ६२ को मृत्यु २०० जना भन्दा बढी घाइते

११ चैत, एजेन्सी । थाइल्यान्डको एक शरणार्थी शिविरमा भिषण आगलागी भएको छ । शरणार्थी शिविरमा आगलागी हुँदा ६२ जनाको मृत्यु भएको छ भने २०० जना भन्दा बढी घाइते भएका छन् ।



उत्तरी भेगको माए होङ सन प्रान्तस्थित माए सुरिन शिविरमा सुरु भएको सो आगलागीमा करिब सयजना घाइते हुनुका साथै चार सयभन्दा बढी घर जलेर नष्ट भएको संचारमाध्यहरूले जनाएको छ ।

दुर्गम पहाडी क्षेत्रमा रहेको उक्त शिविरमा उद्धारकर्मीले भग्नावशेषमा मृतकका शव खोजिगरिरहेका छन् । मृतकमध्ये सबै शव पहिचान हुन नसक्ने गरी जलेको माए होङ सन प्रान्तका गभर्नर नारामोल पालावाटले जनाएका छन् । आगलागीका कारण दुई हजारभन्दा बढी शरणार्थी आश्रयविहीन बन्न पुगेको उनले बताए ।

आगलागीबाट एक विद्यालय, स्वास्थ्यचौकी तथा दुई खाद्यान्न भण्डार नष्ट भएको गृह मन्त्रालयअन्तर्गतको विपत् निवारण तथा न्यूनीकरण विभागले जनाएको छ । खाना पकाउन बालिएको आगो हावाले उडाउँदा आगलागी भएको बताइएको छ । बाँसले बनाइएका घरमा आगो छिटो सल्किएको विपत् निवारण तथा न्यूनीकरण विभागले जनाएको छ ।