२०६९ को एसएलसी परीक्षा चैत १ गतेदेखि (समय तालिकासहित)

शैक्षिक सत्र २०६९ को एसएलसी परीक्षा आगामी चैत १ गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले आज एक सूचना जारी गरि चैत १ गते बिहीबारदेखि एसएलसी परीक्षा सुरु हुने परीक्षा ८ गते सम्पन्न हुनेछ । परीक्षाको समय अवधि बिहान ८ बजेबाट ११ बजेसम्मका लागि तय गरिएको छ । नियमित र एक्जेम्टेड परीक्षार्थीका लागि एउटै समय र एकै प्रकारका प्रश्न पत्र तयार गरिएको सूचनामा उल्लेख छ । साथै प्रयोगात्मक परीक्षाको व्यवस्था जिल्ला शिक्षा कार्यालयले नै गर्ने र बिगतका बर्ष अनुरुप कै दस्तुर तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
