पारसको उपचारमामात्र दैनिक ६ लाख खर्च (विज्ञप्तिसहित)

२२ फागुन, काठमाण्डौं । पूर्वयुवराज पारस शाहको उपचारमा दैनिक ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । अस्पतालमा मात्र दैनिक दुईलाख भाट (करिब ६ लाख रुपैयाँ) खर्च हुने गरेको एनआरएन बैंककका महासचिव सुनील खड्काले जानकारी दिए ।



पूर्वराजा ज्ञानेन्द्रको परिवार बस्ने होटलको शुल्कलगायत अन्य खर्च भने छुट्टै छ । यसबाहेक शाही नातेदारहरु पनि बैंककमै छन् । पारसका साथीहरु भ्ने केही बैंककबाट काठमाण्डौं फर्किएका छन् भने केही मंगलबार र्फकर्ने तयारीमा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । हृदयघात भएपछि बैंकको समितिभेज अस्पतालमा उपचाररत पारसको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उनले आफै पानी पिउन र बोल्न थालेका छन् । यो समाचार पनि पढ्नुहोस । पारसले बोल्न र पानी पिउन थाले (विज्ञप्तिसहित)