खुकुलो योनीलाई कसिलो बनाउन बजारमा क्रिम पाइने

एक भारतीय कम्पनीले खुकुलो योनीलाई कसिलो बनाउने क्रिम बजारमा ल्याउन लागेको बताएको छ ।भारतको मुम्बईस्थित ‘एटिन अगेन’ उत्पादन गर्ने कम्पनी अल्ट्राटेकका अनुसार भारतमा पहिलोपल्ट यस्तो क्रिम उपलब्ध हुन लागेको हो । ‘एटिन अगेन’ क्रिम योनी कसिलो बनाउने पहिलो क्रिम भएको कम्पनीको दाबी छ ।



कम्पनीले क्रिम प्रयोग गरेपछि खुकुलो योनी भएका महिलाले फेरि कौमार्यको अनुभुति गर्ने विज्ञापनमा उल्लेख गरिएको छ । साथै उक्त क्रिमले महिलाको सशक्तीकरणमा पनि सहयोग पुर्‍याउने दाबी गरेको छ । आलोचकहरुले भने यसले महिलाको सशक्तीकरणमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।

उक्त क्रिमको विज्ञापनमा सारी लगाएकी एक महिलाले गाउँदै नाचेकी छन् । बलिउड शैलीका फिल्मजस्तो विज्ञापनमा ती महिलाले म्याडोनाको हिट गीत ‘आइ लाइक अ भर्जिन’ गुनगुनाईरहेको देखाइएको छ ।




भिडियोमा हेर्नुहोस् कसरी प्रयोग गर्दा रइछन्






यस्तै अन्य भिडियो हेर्न तल बक्समा जानुहोस् भिडियो सेक्रेट राखिएको छ