निताले भुलभुलैया प्रेम रचेपछि (भिडियो)

चैत्र ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नोटबुक’ का गीतसंगीत बजारमा अहिले चर्चित बनिरहेका छन् । चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत हिट भएपछि निर्माणपक्षले अर्को गीत सार्वजनिक गरेको छ ।दिपक लिम्बु र मिलन अमात्यको आवाजमा समावेश ‘मायाको भुलभुलैया’ बोलको गीतले बजार तताउने विश्वास गरिएको छ । वसन्त सापकोटोले संगीत भरेको यो गीतमा सेन सापकोटा र निता ढुंगानालाई देख्न सकिन्छ ।



संजय लामाको छायांकनमा तयार भएको चलचित्रको यो गीतमा कविराज गहत्तराजको नृत्य निर्देशन छ । गीतको छायांकन इलामको रमणिय स्थानका साथै कोशी ब्यारेजमा गरिएको छ ।

योगेश घिमिरेको निर्देशनमा तयार भएको ‘नोटबुक’ लाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । चलचित्रमा नायक जीवन लुइटेलको पनि अभिनय छ । सिनेमा चलाउन गीतसंगीतको भूमिका पनि महत्वपूर्ण रहेको अवस्थामा ‘नोटबुक’ का गीतसंगीतले दर्शकको मन छोइरहेका छन् । यसैले निर्मात्री प्रज्ञा जोशी गीतले पनि दर्शकलाई हलसम्म तान्नेमा ढुक्क छिन् । भिडियो हेर्नलाई तल क्लिक गर्नु होला