नीलडेविडसंग श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको रोमान्स हेर्नुहोस भिडियो सहित


र्चिर्चत हेयर स्टाइलिष्ट नीलडेविड कटुवाल शनिवार दिनभरी अत्यन्त व्यस्त रहे । झापाको लक्ष्मीपुरस्थित आफ्नै जन्मथलोमा पहिलो पटक ईन्डो नेपाल हेयर स्टाइलिस कम्पिटिसन आयोजना गर्ने चटारोमा उनी व्यस्त भएका हुन् । बिर्तामोड नजिकैको लक्ष्मीपुरस्थित हिमाली निम्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा निल डेभिड्स हेयर सलुन तथा एकेडेमीले विद्यालय प्रांगणमै नेपाल र भारतका हेयर डिजाइनका विद्यार्थीहरु प्रतिस्पर्धा गरिरहेका थिए । कम्पिटीशनका साथ आयोजना गरिएको भव्य सांस्कृतिक कार्यक्रमले उपस्थित हजारौं दर्शकहरु दिनभरी रमाइलो मानिरहे । निलका हजुरबुवा बाजवर्ण कटुवालको दान गरेको सो विद्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथी नायक श्रीकृष्ण श्रेष्ठ र विशेष अतिथी नायिका श्वेता खड्काले शुभारम्भ गरेका थिए। कार्यक्रममा नायक श्रेष्ठले आफुद्धारा निर्मीत पहिलो चलचित्र कहां भेटिएलाबाट चलचित्रका लागि हेयर स्टाइल परिवर्तन गर्न थालेको तथा पहिलोपटक हेयर स्टाइलिस्ट कटुवालद्धारा स्टाइल परिवर्तन गरेको स्मरण गर्दै उनको कलाको प्रशंषा गरे। नायिका खड्काले पनि आफ्नो पहिलो चलचित्रबाटै कटुवालबाट हेयर स्टाइल् गरेको बताइन्।




निलले भने हेयर स्टाइलको क्षेत्रमा काम गरेर लक्ष्मीपुरको नाम देश र विदेशमा समेत राख्ने प्रयास गरिरहेको बताए। उनका पीता कृष्ण बहादुर कटुवालले छोरा विदेशमा पढ्न गएर फर्कंदा डक्टर इन्जिनियर बनेर आउला भन्ने आशा गरेको तर हेयर स्टाइलिस्ट बनेर आउंदा शुरुमा आश्चार्य लागे पनि पछि नाम कमाउंदै जांदा र हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याउंदा गर्व लागेको बताए।

पत्रकारद्धय विदुर गिरी र कृष्ण भट्राई तथा हास्य अभिनेता एवं गायक आरपी भट्राईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय लक्ष्मीपुर युवा क्लबका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। ती कलाकारले नायक श्रीकृष्णको चलचित्र आफ्नो मान्छे र कहां भेटिएलाका गीतमा नृत्य गर्दा निलको अनुरोधमा श्रीकृष्ण र श्वेताले उनीहरुसंगै नृत्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

त्यसै गरी हास्य अभिनेता तथा गायक आरपी भट्टराईले आफ्नो हास्य तथा मेलोडी गीत प्रस्तुत गरेर दर्शक उफारेका थिए भने भारतिय टेलिभिजन च्यानल जीटीभीको सारेगमको उत्कृष्ट सूचिसम्म पुगेका नेपाली मूलका गायक कर्मा शेर्पाले पनि हिन्दी तथा नेपाली गीत गाएर दर्शकको ध्यान आफ़ुतर्फ़ खिचेका थिए। सो अवसरमा स्टन्ट व्याण्ड धुलाबारीले गीत, प्रियाशु गौतमले कक्रोच नृत्य प्रस्तुत गरेका थिए भने अन्य कलाकारहरुले पनि सांगितीक र अन्य प्रस्तुति पस्केका थिए। विद्यालयको स्वर्ण महोत्सवको पहिलो प्रस्तुतिअन्र्तगको कार्यक्रमका अवसरमा निलका पीता कृष्णबहादुर कटुवालले सो विद्यालयका प्रधान अध्यापक केशवप्रसाद ओझालाई एक थान कम्प्युटर प्रदान गरेका थिए।

सोही अवसरमा धरानका पत्रकार गोपाल दाहाललाई ५ हजार र पूर्वाञ्चलका पत्रकार तुलसी निरौलालाई १५ शय रुपियांसहित सम्मान गरिएको थियो भने निल डेभिड्स हेयर सलुनका उत्कृष्ट हेयर डिजाइनरद्धय बि जोन र सुनिता राईलाई जनही २५ शय रुपियांसहित पुरस्कार प्रदान गरिएको थियो। हेयर कप्टिशिनमा निलको स्वदेश र विदेशमा रहेका विभिन्न हेयर एकेडेमीका ६० भन्दा बढी विद्यार्थीले स्पर्धा गरेका थिए। कम्पिटीशनमा दार्जलिंगकी पुनम शर्मा प्रथम, विर्तामोडकी मुना पाख्रिन द्धितीय, सिलगुढीकी रेश्मा थापा तृतिय र दमककी मेरिना राई चतुर्थ भएका थिए। विजयीहरुलाई आप्mनो सलुन र एकेडेमीमा रोजगारको व्यबस्था गर्ने निलले कार्यक्रममा जानकारी गराए।रोमान्सको हेर्नुहोस पुरा भिडियो सहित