हुनेखानेको घर ,आफ्नो नाबालक छोराछोरी नै छोडेर परपुरुससँग....

भारतको बडगाँउ सहारनपुरका एक युवक आफ्नी श्रीमती अर्कै केटोसँग प्रेममा फँसेको कुरा लिएर प्रहरीकोमा पुगे । आफ्नी श्रीमती ४ बच्चालाई छोडेर अर्कै केटोसँग बस्दै आएको बारे प्रहरीमा उनले बिस्तृत रिपोर्ट लेखाए ।
उनले प्रहरीमा लेखाएको रिपोर्ट अनुसार ४ बर्ष पहिले उनकी श्रीमती ४ बच्चालाई छोडेर माईत गएकी थिईन । त्यसको केही समय पछि उनको भेट रामपुर मनिहारान स्थित कांकारकुई निवासी एक युवकसँग भयो । उनीहरुको त्यो भेट प्रेममा बद्लियो । केहि समय पछि उनिहरुले बिबाह गरे । दोस्रो बिबाह गरेको केहि समय पछि ति महिला पहिलो श्रीमानसँग भएको ४ बच्चासँग भेट गर्न पुगिन । घर आएका बेला उनका पहिलो श्रीमानले बच्चाको लागी भए पनि घरमै बस् भनि रोक्न खोजे, तर उनि मानिनन् । त्यसपछि भने पहिलो श्रीमानले प्रहरीमा रिपोर्ट गरे । पुलिसले ति महिला र उनको पे्रमीलाई हिरासतमा लियो । दुबै पति प्रहरी थानामा पुगेर महिलालाई आफ्नी श्रीमती भएको बताउन थाले । श्रीमानले घर जाँउ भन्दा उनले ठाडै अस्वीकार गर्दै प्रहरीको हिरासतमा भएका युवकसँगै बस्ने बताईन । ति महिलाले आफ्नो दोस्रो श्रीमानलाई नछोड्ने बताईन । उनले प्रहरीको हिरासतमा रहेका युवक आफ्नो दोस्रो श्रीमान भएको र ति बच्चा पनि उसैको भएको बताएपछि भने उनका पुर्ब श्रीमान धर्मसंकटमा परे । उनको पहिलो श्रीमानसँग ४ छोरीहरु छन भने दोस्रो श्रीमानसँग एक दुधे छोरी छिन ।
घटनाको बिस्तृत अध्ययन पश्चात पुलिस समेत कस्तो निर्णय लिने भनेर द्धिबिधामा परेको छ । दुई युवकले ५ छोराछोरीको आमा भएकी एक महिलालाई आफ्नो श्रीमती भएको दावी गर्न थालेपछि प्रहरी तनावमा परेको हो । घटनाबारे अनुसन्धान गरिरहेका एसपि अनिल कुमार मिश्रले दुबै परिवारलाई पहिले आपसी समझदारी गरेर आउन भनेको बताएका छन । त्यसपछि नै प्रहरीले ठोस निर्णय लिने उनले बताए ।