चार ठूला दलहरुका नेताहरुको श्राद्ध गरियो (भिडियो हेर्नुस)
बर्दियाको गुलरिया स्थित राधाकृष्ण चोकमा नेपालका चार ठूला राजनितिक दलहरुका शिर्षस्थ नेताहरुको श्राद्ध गर्दै बर्दियाका राकेश कुमार शर्मा र समर्थन स्वरुप साथ दिदै स्थानीयवासी। यसअघि उनले ६०१ जना पूर्वसभासदहरुको समेत श्राद्ध गरिसकेका छन् । चार ठूला राजनितिक दलहरु देश चलाउन असफल भएकाले संविधान बन्न नसकेको भन्दै उनले श्राद्ध गरे हुन् । आफूले देश सम्हाल्न नसकेपछि प्रधानन्याधिसलाई सुम्पन्नु असफलताको उपज भएको उनको विचार छ । देशमा विषम परिस्थिती श्रृजना गरेर दलहरुले देश हाक्न नसकेपछि देशको सन्तुलन मिलाउन प्रधानन्याधिसलाई सुम्पेको उनको आरोप छ। प्रधानन्याधिस खिलराज रेग्मीले देश सम्हालिसकेपछि अव राजनितिक दलहरुलाई फिर्ता नगरे राम्रो हुने उनले राय दिएका छन् । ठूला दलहरु एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत विजयकुमार गच्छदार सम्मिलित मधेसी मोर्चा विरुद्ध उनको आक्रोष छ। शर्माले श्राद्ध गरिरहदा स्थानियवासीहरुले तालिवजाएर समर्थन गरेका थिए । थप तल बक्समा क्लिक गर्नुहोस ...