बेलायत छोड्न नपाउने शर्तमा कर्णेल कुमार लामा जेलमुक्त
लन्डन,चैत ३ - युद्ध अपराधको अभियोगमा विगत आठ सातादेखि बेलायतस्थित बेलमार्स कारागार राखिएका नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहा भएका छन् । दुई साताअघि लामालाई रिहा गर्न इसेक्सस्थित चेल्म्स्फोर्ड क्राउन कोर्टले सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो। लामालाई दश हजार पाउण्ड धरौटी र बेलायत छोड्ने नपाउने सर्तमा अदालतले रिहाइ आदेश दिएको थियो ।
अदालतले चाहेको बेला उनी हाजिर हुनु पर्नेछ । लामालाई जमानतमा छोड्न माग गर्दै उनका वकिल जेम्स लुइसले अदालतमा आवेदन दिएका थिए । सो आवेदनमाथि सुनुवाइ हुँदा वादीको तर्फका कोही पनि उपस्थित नहुँदा लामाको तर्फबाट एकतर्फी सुनुवाइ भएको बताएको छ । लामाको दश हजार पाउण्ड धरौटी र बेलायत नछोड्ने ग्यारेन्टी नेपाल सरकारले लिएको छ। लामाको रिहाइपछि बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेले खुशी ब्यक्त गरे ।
‘बेलायतको अदालतप्रति अझ विश्वास बढेको छ,' चालिसेले भने, ‘यो स्वागत योग्य काम हो, मैले यसलाई सकरात्मक रुपमा लिएको छु ।' बेलायतको न्यायालयले लामालाई पूर्णरुपमा सफाइ दिने कुरामा राजदूत ढुक्कजस्तै देखिएका छन् । लामाले नेपाली दूतावास लण्डनमा सम्पर्क गरि नेपाल सरकार र वेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसे प्रति सहयोगको लागि धन्यवाद ब्यक्त गरेको दूतावास श्रोतले जनायो ।
यसअघि प्राध्यापक सूर्य सुवेदीको सल्लाहअनुसार राजदूत चालिसेले चिलीका पूर्व तानाशाह अगस्टो पिनोसेको मुद्दा हेर्ने अनुभवी कानुनकर्मी किङ्गस्ले नेप्ले फर्मका माइकल कप्लानलाई लामाको मुद्दा हेर्न नियुक्ति गरेका थिए । अदालतको आदेशबमोजिम लामाको प्लि केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मेमा हुनेछ भने उनको अन्तिम सुनुवाइ आगामी ५ जुनमा हुने तय भएको ।