एसएलसी दिएर फर्कने विद्यार्थी चढेको ट्रयाक्टर दुर्घटना,१ को मृत्‍यु २५ घाइते

सल्यान, चैत ५ - एसएलसी परीक्षा दिएर घर फर्किंदै गरेका विद्यार्थी चढेको ट्रयाक्टर सल्यानको खलंगामा दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ । अरु २५ विद्यार्थी घाईते भएका छन ।



सदरमुकाम खलंगाबाट एसएलसी दिएर घर फर्किंदै गरेका विद्यार्थी बोकेको रा १ त ८९७ नम्बरको ट्रयाक्टर पल्टिँदा मीना योगीको ज्यान गएको हो । शिवजन उच्च माविका विद्यार्थी बोकेर ट्रयाक्टर सितलपाटीका लागि छुटेको थियो । गम्भीर घाईते ६ जनालाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ भने अरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।