लोडसेडिङ २ घण्टा घट्ने, यो वर्ष ५२ मेगावाट विजुली थपिँदै

१ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी सञ्चालनमा आएपछि प्रसारण प्रणालीमा ६० मेगावाट भन्दा बढी विद्युत थप हुनेछ । ‘सकेसम्म दुई, नभएपनि एक घण्टा लोडसेडिङ घट्नेछ तर हाम्रो लक्ष्य दुई घण्टा घटाउने नै हो,’ सुल्पियाले भने, ‘कालीगण्डकी बन्द नगरेको भए यतिबेला लोडसेडिङ घटिसक्ने थियो ।’ उनका अनुसार आइतबारसम्ममा कालीगण्डकी सञ्चालनमा आउँछ ।
यो वर्ष ५२ मेगावाट थपिँदै
चालू आवमा निजीक्षेत्रबाट १० आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा ५२ मेगावाट विजुली थप हुनेछ । हालसम्म तीन आयोजना सम्पन्न भई प्रसारण प्रणालीमा २५ मेगावाट थप भइसकेको छ । अब २७ मेगावाट थप हुन बाँकी भए पनि यो आवसम्म सञ्चालनमा आउने सुल्पियाले बताए । अघिल्लो वर्ष प्रसारण प्रणालीमा ४ मेगावाट विद्युत थपिएको बिहीबारको कारोबार दैनिकमा खबर छ ।