महान्यायाधीवक्तामा द्रोणराज रेग्मी नियुक्त

११ चैत, काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधीवक्तामा द्रोणराज रेग्मी नियुक्त हुनु भएको छ । राष्ट्रपति डा. रामवरण यादवले रेग्मीलाई महान्यायाधीवक्तामा नियुक्त गर्नु भएको हो ।



पर्वतका रेग्मी पूर्व नायव महान्यायाधीवक्ता हुनुहुन्छ । यसअघि अख्तियारका आयुक्तमा सिफारिस भएपछि एमाओवादीका अध्यक्ष प्रचण्डले सर्वोच्चमा रिट हालेपछि रद्द भएको थियो ।



उहाँका छोरा सरोजराज रेग्मी अन्तरिम चुनाव मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीका निजी सचिवालयमा हुनुहुन्छ ।