पशुपतिनाथसँग राष्ट्रपतिको प्रार्थना- दलहरुलाई सद्बुद्धि देऊ

२७ फागुन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले महाशिवरात्रीको अबसरमा आइतबार पशुपतिनाथको दर्शन गर्नु भएको छ । यादवलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा, पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुले स्वागत गरेका थिए ।

पशुपतिनाथको दर्शनपछि राष्ट्रपति डा. यादवले दलहरुलाई सद्बुद्धिका लागि पशुपतिनाथसँग प्रर्थना गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो-’राजनीतिक दलहरुलाई सहमतिबाट राजनीतिक निकास निकाल्ने सद्बुद्धि दिउन् भनेर कमना गरेँ ।’

सबै नेपालीलाई मिलेर बस्न आग्रह गर्दै उहाँले भन्नुभयो-’सबै नेपाली मिलेर बसौं, मुलुकमा संवैधानिक निकास निस्कियोस्, नेपालीमाझ सुख शान्ति छाओस् ।’

राष्ट्रपति यादव दर्शनका लागि पशुपतिनाथ पुगेका बेला केहीबेर सर्वसाधारणलाई भने मन्दिर प्रवेशमा रोक लगाइएको थियो ।