आन्द्रा देखिने शिशु जन्मियो
फागुन–२३, खोटाङमा बाहिरैबाट आन्द्रा देखिने शिशु जन्मिएको छ । दिक्तेल–३ का शिव भट्टराईकी ३२ वर्षीय श्रीमती बिष्णुमायाँ भट्टराईले बुधबार जिल्ला अस्पताल दिक्तेलमा आन्द्रा देखिने शिशुलाई जन्म दिनुभएको हो ।

पातलो झिल्लीले मात्र पेट ढाकिएको शिशुको उपचारकालागि कान्तिबाल अस्पताल काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल खोटाङका डाक्टर तुलसीप्रसाद भट्टराईले बताउनुभयो ।
२ दशमलव ५ केजी तौल भएका शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । भट्टराई दम्पतीको यो चौथो सन्तान हो ।