माओवादी लडाकुलाई कुन दर्जा भन्नेमा अलमल परे चार दल
फागुन २९ – विवाद टुंग्याएर चुनावी सरकार बनाउन छलफलका बसेका प्रमुख चार दलबिच लडाकुको दर्जा र सत्य निरुपण तथा मेलमिलापका विषयमा विवाद बढेको छ ।
एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले तथा मधेसी मोर्चाको बैठकमा कुरा नमिलेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ ।
नेताहरुले नेपाली सेनामा समायोजन भएका पूर्व लडाकुको दर्जा मिलान बाहेक अरु सबै विषयमा सहमति भईसकेकाले भोलि सबै विवादलाई टुंग्याएर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन् ।
आजको बैठकमा सबै विषयमा सहमतिको नजिक पुगेपछि कुनै सहमति भने नभएको नेताहरुले उल्लेख गरेका छन् ।
चार दलको बैठक लगत्तै अहिले बानेश्वरमा सर्वदलिय बैठक सुरु भएको छ । चार दलबिच भएको सम्झौताबारे अन्य दललाई सर्वदलिय बैठकमा जानकारी गराइने बताइएको छ ।