देवरसँग यौन सम्बन्ध राख्न नमान्दा पूरै शरीरमा तातोपानी …

देवरसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै बैतडीमा एक युवकले आफ्नी भाउजुको शरीरमा तातोपानी खन्याएका छन् । महिला हिंसाका घटनाविरुद्ध अधिकारकर्मीहरुले चर्को आवाज उठाइरहेका बेला बैतडीमा यो घटना भएको हो ।



यौन सम्बन्ध राख्न नमानेको भन्दै दशरथचन्द नगरपालिका–५ बस्कोटकी मीना टमटालाई देवर दीपक टमटाले शरीरमा तातो पानी खन्याएको प्रहरीले जनाएको छ ।

देवरले यौन सम्पर्क राख्न प्रस्ताव गरेपछि गाली गर्दै प्रतिकारमा उत्रिएपछि आफूमाथि तातो पानी खन्याएको पीडित महिलाले भनेकी छन् । तातोपानीबाट उनको शरीरको बायातर्फको पूरै हात, शरीर र खुट्टा जलेकी छ ।

परिवार र गाउँको बेइज्जत हुने डरले सुरुमा यो घटना घटना गोप्य राखिएको थियो । २५ वर्षीया ती महिला नागरिक सचेतना केन्द्रकी सदस्यसमेत हुन् ।