खाना फाल्नेको तस्वीर अब इन्टरनेटभरि

कुनै विवाह समारोहमा होस वा रेष्टुराँमा । अधिकांश मानिसहरु प्लेटमा आधा खाना छाड्छन् । अब चीनमा यस्तो गर्नेहरुलाई समस्या हुनसक्छ । किनकी शू चीचुनले प्लेटमा खाना छाड्नेलाई लज्जित पर्ने अभियान थालेका छन् ।

उनले चिनियाँ माइक्रोब्लग वेबसाइट ‘वाइबो’मा यस्ता मानिसहरुको तस्वीर राख्नेछन् । ‘वाइबो’मा यस्तो अभियान चलाउने शू पहिलो व्यक्ति हुन् । सन् २०१२ को अप्रिलमा एक तस्वीर पोष्ट गरेर उनले यो अभियान सुरु गरेका हुन् ।



‘अपरेशन इम्पीटी प्लेट’ ले सुरुमा गति लिन सकेन । हालै उनको भभियानले चिनियाँ कम्युनिष्ट पार्टीका नेता शी जिनपिङको समर्थन पाएको छ र यससँगै समर्थकहरु बढेका छन । चीनको सत्ता सम्हाल्ने तयारीमा रहेका शीले एक लेखमा शूको अभियानको चर्चा गरेका छन् । उनले खेलेका छन्-’यो (खाना) बर्बाद गर्ने बानी तत्काल रोक्नुपर्छ ।’ साथै चिनियाँ सरकारी मिडिया र सत्ताधारी कम्युनिष्ट पार्टीको मुखपत्रको पहिलो पन्नामा ‘अपरेशन इम्पीटी प्लेट’को चर्चा गरिएको छ । हाल राजधानी बेइजिङमा बस्ने शुको बाल्यकाल पूर्वी चियाङशु प्रान्तमा आमा बाबुसँग खेलमा काम गर्दा वितेको थियो । त्यसैले एक एक चामलको दानाको मूल्य उनलाई राम्ररी थाहा छ । हाल उनी बेइजिङमा एक कृषि पत्रिकामा काम गर्छन् । चिनियाँ विश्व विद्यालयका छात्रहरुले जति खाना खेर फल्छन्, त्यसले हरेक वर्ष एक करोडको पेट भर्छ भन्ने थाहा पाएपछि उनमा केही गर्ने इच्छा जाग्यो ।