चिनिया तन्नेरिलाइ बढ्दैछ सेक्सको भोक
चिनिया नागरिकहरुमा विवाहपूर्व नै यौन सम्पर्क स्थापित गर्ने प्रवृत्ति बढिरहेको छ । हालै भएको एक सर्वेक्षणले सयमा ७० जना चिनिया नागरिकले विवाह भन्दा अघि नै सेक्स गर्ने गरेको देखाउनुले चिनियाहरुमा सेक्स प्रतिको धैर्यता टुट्दै गएको प्रमाणित भएको हो ।
समाचार पत्र पिपुल्स डेलीका अनुसार विवाह अगाडि नै यौन सम्बन्ध कायम गर्ने युवाहरुको संख्या पछिल्लो २० वर्षमा झण्डै ३० प्रतिशतले बढेको छ । यौनविज्ञ ली यिन्हेले गरेको सर्वेक्षणका अनुसार विवाह भन्दा अगाडि नै सेक्स गर्ने मामिलामा महिला भन्दा पुरुष निकै अगाडि छन् । महिलाहरुले विवाह भन्दा अगाडि सेक्स गर्न उतिसारो रुची नदेखाउने र त्यस्तो खालको प्रस्तावको विरोध पनि बढि गर्ने गरेका छन् । तर प्रेमीको पटकपटकको आग्रहलाई नकार्न केटीहरु पनि असक्षम हुँदा विवाह अगाडि नै सेक्सका लागि बाध्य हुन्छन् ।
सर्वेक्षणका दौरान चीनका ३१ प्रान्तका १ हजार १३ जना मानिससँग प्रत्यक्ष रुपमा साक्षात्कार गरिएको थियो भने २० हजार मानिससँग इन्टरनेट मार्फत जानकारी लिइएको थियो । सर्वेक्षणमा सहभागी मध्ये ७० प्रतिशत मानिस २० देखि ३० वर्ष उमेर समूहका थिए जसमा ६४ प्रतिशत स्नातक उत्तीर्ण थिए ।