२५ फागुन, काठमाण्डौं । युद्धअपराधको अभियोगमा दुई महिनाअघि लन्डनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामा तत्काल नछुट्ने भएका छन् ।
उनलाई छुटाउन नेपाल सरकारले ‘आश्वानपत्र’ पठाउनुपर्ने बेलायत सरकारले जानकारी दिएको छ । बेलमार्स कारागारमा राखिएका ४६ बर्षे लामालाई लन्डनको चेल्म्सफोर्ड क्राउन कोर्टले शुक्रबार १० हजार पाउन्ड धरौटी रिहा गर्न आदेश दिएको थियो । 
रिहा भएपछि मुद्दा किनारा नलागेसम्म लामाले बेलायत छाड्नेछैनन,’ भन्ने बेहोराको आश्वासनपत्र नेपाल सरकारका तर्फबाट प्राप्त नभएसम्म उनलाई घरौटीमा रिह ागर्न नमिल्ने जानकारी लन्डनस्थित नेपाली दूतावासलाई बेलायतले गराएको छ ।
आश्वासनपत्रमा मुद्दा किनारा नलागेसम्म लामाका नाममा लन्डनस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट -यात्रा अनुमतिपत्र) जारी नगर्ने कुरा पनि समेट्नुपर्ने सर्त बेलायतले राखेको छ ।
‘धरौटी बुझाएमात्र नपुग्ने भयो । मुद्दा किनारा नलागेसम्म लामाले बेलायत छाड्न नपाउने र दूतावासले उनको नाममा ट्राभल डकुमेन्ट जारी नगर्ने आश्वासन नेपालबाट बेलायतले खोजेको छ ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले भने,’निश्चित प्रक्रिया पुर्याएर लामालाई धरौटीमा रिह ागर्ने तयारीमा छौं ।’
बेलायतले नयाँ ट्राभल डकुमेन्ट जारी नगर्न मात्र होइन, लामाको नाममा हाल रहेको राहदानीसमेत ‘सरेन्डर’ गर्न आग्रह गरेको नागरिक दैनिकमा खबर छ ।
लामालाई छुटाउन बेलायतले माग्यो सरकारी पत्र


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं